बैंकक ओपन अन्तर्राष्ट्रिय हाप्किडो प्रतियोगिता २०१९, रोयल प्रिन्सेस कपमा सहभागी हुन नेपाल मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगर र खेलाडी प्रविण गुरुण थाईलैण्ड प्रस्थान गरेको छ । थाईलैण्ड हाप्किडो संघको निमन्त्रणामा उनीहरु शुक्रबार बैंकक गएका हुन । सेप्टेम्बर २८ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा खेलाडी प्रविण गुरुण च्यामपियनशिपमा भाग लिने छन् । खेलाडी गुरुङलाई बैंकक जान र आउनका लागि शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले जहाज टिकटको व्यवस्था गरेका हुन । आर्थिक अभावका कारण खेलमा सहभागि हुन नसक्ने भए पछि उनलाई प्रतिष्ठानले टिकटको व्यवस्था गरेको हो । बेलकोटगढी–४, नुवाकोट निवासी खेलाडी गुरुङले जनयुद्धको क्रममा बुवालाई गुमाएका थिए ।
असोज १० गते संक्षिप्त कार्यक्रमका बीच प्रतिष्ठानका संरक्षक तथा प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले उनीहरुलाई विजयका लागि शुभकामनासहित विदाई गर्नुभयो । उहाँले खेलाडीहरु राज्यको गहना भएकोले यसको संरक्षण र प्रबद्र्धनमा राज्यले ध्यान दिनु पर्ने बताउनु भयो । सरकारले कोशिस गरेको भए पनि पर्याप्त नभएकोले नागरिक देखी संघ संस्थाहरुको पनि दायित्व रहेको उहाँले बताउनु भयो । उनीहरुलाई प्रतिष्ठानका उपाध्यक्ष तथा खेलाडी बीरबहादुर तामाङ, कार्यसमितिका सदस्यहरु डिबि तामाङ, श्याम पाण्डे, प्रकाश रैला लगाउतले विदाई गरेका थिए ।