शिवपुरी १, नुवाकोट, देवीस्थानस्थित खोलेखर्क आधारभूत विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरिएको छ । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिस्ठानको समन्वयमा उपलब्ध उक्त सामाग्री प्रदेश सांसद एवं पूर्व राज्यमन्त्री राधिका तामाङले हस्तान्तरण गर्नुभएको हो । दुर्गम गाउँ र विपन्न समुदायका नानीबाबुहरुलाई जाडोको समयमा चिसोबाट बचाउन न्यानो कपडा (कम्बल) तथा कपी कलम वितरण गरिएको हो । उक्त अवसरमा प्रदेश सरकारमार्फत विनियोजित बजेटबाट निर्मित विद्यालयको घेरावार र प्रवेश द्वार सुभारम्भ गरिएको थियो ।