Sera Memorial Health and Education Foundation
  • Home
  • About Us
  • Our Team
  • News and Events
  • Projects
  • Photo Gallery
  • Contact
  • You are here:
  • Home
  • /
  • News and Events
  • /
  • शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

 

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको समन्वय र पहलमा नुवाकोट जिल्लाका दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका अस्पताल तथा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । संघीय सांसद हितबहादुर तामाङ र प्रतिष्ठानको संरक्षक तथा बागमती प्रदेश उपसभामुख राधिका तामाङको उपस्थितिमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार अस्पतालमा डाक्टर तथा स्वास्थ्य कर्मीहरुको समक्ष अक्सिजन कन्सनट्रेटर एक थान, अक्सिजन सिलिण्डर एक थान (फिर्ता नहुने गरी) पीपीई पन्ध्र थान, केएन ९५ मास्क एकसय बीस थान, सर्जिकल मास्क एघार सय थान, सर्जिकल ग्लव्स एकसय थान, टप ग्लव्स एकसय थान, यूटी ग्लव्स पाँच थान, थर्मल गन दुई थान, अक्सिमिटर एक थान, फेस शील्ड चालिस थान, ह्याण्ड वास पन्ध्र लिटर, स्यानिटाइजर बीस लिटर रहेका छन् । एक थान अक्सिजन कन्सनट्रेटर दुप्चेश्वरको कुटुमसाङ स्वास्थ्य चौकीका लागि व्यवस्थापन समितिका अध्यक्ष लयुल छिरिङ शेपालाई हस्तान्तरण गरिएको छ ।

पञ्चकन्या गाउँपालिकामा अध्यक्ष तेजबहादुर तामाङलगायत डाक्टर तथा स्वास्थ्य कर्मीहरु समक्ष स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । त्यहाँका लागि अक्सिजन कन्सनट्रेटर दुई थान, पीपीई पन्ध्र थान, केएन ९५ मास्क एकसय पन्ध्र थान, सर्जिकल मास्क बाह्र सय थान, सर्जिकल ग्लव्स दुई सय थान, टप ग्लव्स दस थान, यूटी ग्लव्स १० थान, अक्सिमिटर दुई थान, फेस शील्ड पचास थान, ह्याण्ड वास बीस लिटर, स्यानिटाइजर पच्चीस लिटर, भ्यापोराइजर दुई थान रहेका छन् ।

शिवपुरी गाउँपालिकाका लागि अध्यक्ष रामकृष्ण थापासहित अस्पतालका डाक्टर तथा स्वास्थ्य कर्मीहरु समक्ष स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरित सामाग्रीहरुमा अक्सिजन कन्सनट्रेटर एक थान, अक्सिजन सिलिण्डर एक थान (फिर्ता नहुने गरी) पीपीई सत्र थान, केएन ९५ मास्क एकसय पन्ध्र थान, सर्जिकल मास्क बाह्र सय थान, सर्जिकल ग्लव्स एक सय थान, यूटी ग्लव्स पाँच थान, थर्मल गन दुई थान, अक्सिमिटर एक थान, फेस शील्ड पचास थान, स्प्रेयर एक थान, ह्याण्ड वास पन्ध्र लिटर, स्यानिटाइजर बीस लिटर, भ्यापोराइजर दुई थान रहेका छन् ।


प्रतिष्ठानको समन्वयमा वोधीसत्व विहारले अक्सिजन कन्सन्ट्रेटर लगायत केही स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए भने अक्सिजन सिलिण्डर लगायत केही सामाग्रीहरु काठमाडौं निवासी समाजसेवी राजेश्वरी श्रेष्ठले उपलब्ध गराउनु भएको थियो । थप पीपीई, मास्क, फेस शिल्ड, र अक्सिमिटर गरी पचास हजार बराबरको सामाग्री प्रतिष्ठानको तर्फबाट खरिद गरी उपलब्ध गराएको हो । थप सामाग्री खरिदका लागि हङकङ निवासी नुडोल्मा ह्योल्मोज्यूले आर्थिक सहयोग गर्नु भएको थियो । स्वास्थ्य सामाग्री तथा आर्थिक, भौतिक लगायत हस्तान्तरणका लागि समन्वय र सहजीकरण गरिदिनु भएकोमा हितबहादुर तामाङ र राधिका तामाङज्यु लगायत सहयोगी सबैमा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

About Shera Foundation

  • The Sera Memorial Health & Education Foundation is a non- governmental organization founded in 2016 especially from the name of Social Activist Late Sher Bahadur Tamang and Ramri Tamang who were also victim of cancer and passed away from that cause.

Quick Links

Contact

Shera Memorial Health Education Foundation
Head office: Bidur-3, Nuwakot
Liaison Office: Basundhara, Kathmandu Nepal
Phone: +977-9851029335
Email: sera.found@gmail.com

Copyright © 2019. All rights reserved with SHERA MEMORIAL HEALTH EDUCATION FOUNDATION | Designed By Global Nexus.